कोकाकोला को पहिलो स्वाद

Your Coke Sir

Your Coke Sir

 

पारिलो घाम लागेको शनिबारको दिन थियो। कार्तिक महिना थियो क्यार, सयपत्री ढकमक्क फुलेका थिए, लाहुरे फूल ओइलाउनु अघि भमरा को पर्खाई मा देखिन्थे। म भने गोट्टा खेल्न वेस्त थिएँ।

दिदी उछट्टीदै आइन्। एक सास बाकी नराखिकनै सोधिन, “घरमा बुवा हुनुहुन्छ?” म के ठुलै घटना घटेछ क्यारे भनेर १ चौथाई सेकेन्ड त वाल्लै परें। हतारहतार जवाफ दिए, “हुनुहुन्न, जुवा खेल्न जनोछ ।” बल्ल उनले कुरो खोल्दै सोधिन्, “कोकाकोला खाने?” “खाने”, मैले जवाफ फर्काएँ। कोकाकोला नाम त मैले सुन्दै आएको थिएँ । स्कुल जादा आउदा तन्नेरीहरू नजिकैको कुनै किराना पसलमा गफिदै कोकाकोला पिएको देखेको थिएँ। गर्मीयाममा उनीहरु चिया भन्दा बडी “चिसो” नै रुचाउँथे। पारदर्शी बाक्लो मसिनो सिसाको बोतलमा कालो पेय पदार्थ “कोकाकोला” नामले परिचित थियो। सुरुमा त मैले यसलाई लागुपदार्थ नै भन्ठानेको थिएँ तर पछि दिदीले यस चेतशुन्य मस्तिस्कमा मेरो कोकाकोला प्रतिको ज्ञान बडाइदिएकी थिईन्। पहिल्यै देखि खान आत्यास लागेको चिज भएर होला मैले मगजलाई दु:ख दिन चाहिन र नसोचिकनै जवाफ थिएँ। मेरा दुई दाजुहरु पनि हुरुक्क हुदै हुन्छ मा हुन्छ मिलाए। दिदी “पर्खिदै गर है त” भन्दै अलाप भइन्। म भने आत्यासलाग्दो गरि पर्खिरहे कोकाकोला लाई।

एकैछिनमा दिदी नजिकैकी छममाया नाम गरेकी साथीसंग आईन् बहुप्रतिक्षित कोकाकोला लिएर। “२६ रूप्पे हो, तिमीहरु का भागा ५-५ रूप्पे परो है.”, उनी सुनाउदै थिईन। म त कोकाकोला खान पाएर फुर्किसकेको थिए। ५ रुपैया त के, २६ रुपैया नै मलाई राख्न भनेको भए पनि खुशीसाथ दिन्थे होला त्यसबेला। आगनमा रहेका हामी हतार हतार गोठ भित्र पस्यौ कसैले देख्छ की भनेर। अहिलेको समय मा बाबुआमाको आँखा छली लागूपदार्थ चाख्ने केटाकेटी झैँ हामी लुकिछिपी कोकाकोला पियुन लागेका थियौं। म मा बेग्लै तरङ्ग छाएको थियो। सुरु मा त ढक्कन खोल्न नै हामीलाई सास्ती पर्यो। दाँतले खोल्ने भएकी मेरी दिदीको क्यानाईन दाँतकै टुक्रा निस्कियो। खुर्पा, चम्चा, डाडु आदिले हरेश खाइसकेपछी जेठो दाईको नंकट बाट खोल्ने जुक्तिले काम गर्यो र तातेको दुध उम्लिएसरी उम्लीयो कोकाकोला। पियुने काम जेठोबाट सुरु हुँदै म फुच्चेले आन्त्यमा चाख्ने मौका पाँए। सबैजना पिंयुदै मुख खुम्च्याउँदै गरिरहेका थिए। अन्त्यमा म फुच्चेको पालो आयो र दिदीले टाउको पछाडी लगिदिँदै अड्कलेर केहि मात्राले मेरो मुखमा पारिदिइन्। अलिअलि गुलियो, पिरो र तातोजस्तो लाग्ने चिसो स्वादले मेरो घाँटी सिंचित भयो। यो मेरा लागि बेग्लै स्वाद थियो। अझै केहि घुट्की पिएपछि भने नाकै पिरो हुने गरि बेजोडले डकार आयो। त्यतिबेला सम्म कोकाकोला पनि सिद्दिएको थियो र सबै को आनुहार सन्तुष्ट देखिन्थ्यो त्यस नौलो चिज पियुन पाएकोमा। दिदी जसरी आएकी थिईन्, त्यसै गरि गईन् साथीसंगै बोतल फिर्ता गर्न र घर मा आमाबुबा लाई नभन्न उर्दि जारी गरिन्। म भने त्यस दिनभर खुशी भएँ. कसैले झपार्थेन भने त आँगनमै बुरुक्क उफ्रेर नाँच्थें होला।

आजसम्म आँउदा कैयन लिटर चिसो पिइयो होला तर त्यस कोकाकोलाको पहिलो स्वाद भने आझै पनि मनमा बसेको छ स्थायी तस्बिर बनेर।

P.S. I have no ties with coca cola whatsoever. Nor i have any endorsement deals with them

Advertisements

3 responses to “कोकाकोला को पहिलो स्वाद

  1. Pingback: कोकाकोला को पहिलो स्वाद | नबोलिएका शब्दहरु·

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s